२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

काठमाडौंको तारकेश्वरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, वैशाख २९ २०८०
  • 8.3K
    SHARES

  • images
    काठमाडौंको तारकेश्वरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    शुक्रबार, वैशाख २९, २०८०
    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६, चिसापानीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चिसापानीमा बस्दै आएका नुवाकोटका अन्दाजी ३३ वर्षीय पासाङ लोप्चन तामाङको मृत्यु भएको हो ।

    धर्मस्थलीबाट तीनपिप्लेतर्फ जाँदै गरेको रा १ ख २७३४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ३४ प १००७ नम्बरको मोटरसाइकललाई गए राति करिब सवा १० बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा सामाखुसीस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    टिपर चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend