२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार, एक वर्षको वस्तु तथा सेवा आयात धान्ने


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 9.5K
    SHARES

  • images
    विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार, एक वर्षको वस्तु तथा सेवा आयात धान्ने


    काठमाडौं । देशमा विदेशी मुद्रा (डलर) सञ्चितिमा उल्लेख्य सुधार आएको छ । घट्दो आयातका कारण विदेशी मुद्राको सञ्चिति बढेको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक स्थितिको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कुल विदेशी बिनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

    अमेरिकी डलरमा बिदेशी बिनिमय सञ्चिति असार मशान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ । उक्त विदेशी मुद्रा सञ्चितीले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । यो ६ महिनाको अवधिमा आयात ३.१ प्रतिशतले घटेको छ ।

    अत्याधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिले २०७८ सालमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था भएपछि आयातलाई निरुत्साहित गर्ने तथा केही वस्तुको आयात नै बन्द गर्ने नीति लिएको थियो । गत वर्षबाट यी सबै नीति हटेपनि बजारमा माग नभएका कारण आयात बढ्न सकेको छैन । अर्थतन्त्रमा देखिएको संकुचनका कारण माग बढ्न नसक्दा आयात घटेर विदेशी मुद्रा सञ्चिति बढेको हो ।

    २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी बिनिमय सञ्चिति १८ प्रतिशतले बृद्धि भइ पुस मशान्तसम्मा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले वृद्घि भई २१६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ ।

    २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend