२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पहिलो ६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स 


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 9.7K
    SHARES

  • images
    पहिलो ६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स 


    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा  पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको उल्लेख छ । 

    साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशतले बढी हो ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ५ अर्ब ५२ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा सोही अवधिमा २२.६ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

    यो आ.व.को ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० पुगेका छन् । साथै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ जना रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको नेपालिको संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend