२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

असोजदेखि बन्द रहेको हेटौंडा सिमेन्टको उत्पादन पुनः सुरु


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 9.2K
    SHARES

  • images
    असोजदेखि बन्द रहेको हेटौंडा सिमेन्टको उत्पादन पुनः सुरु


    काठमाडौं । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेको थियो।

    उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएको हो। उनका अनुसार उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएको थियो। विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भएपनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी गरिएको उनले बताए।

    चार वर्षदेखि लगातार घाटामा रहेको यो उद्योग समय(समयमा कोइला अभाव र मेसिन बिग्रिदा बन्द हुने गरेको छ। ४० वर्ष पुराना मेसिनबाट सञ्चालन हुँदा पनि बारम्बार समस्या आउने गरेको महाप्रबन्धक पाण्डे बताउँछन्। उनले उद्योगको मेसिन मर्मत गरेर कहिलेसम्म चलाउने भन्दै सरकारसँग प्रश्न गरेका छन्।

    पुराना मेसिनले गर्दा उत्पादन लागत बढ्ने र बजारमा निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको महाप्रबन्धकको भनाई छ। सिमेन्ट उत्पादन गर्ने मुख्य मेसिन जीर्ण बनेकाले पूर्ण क्षमतामा काम गर्न नसकेको उनको भनाइ छ। नयाँ मेसिन नआएसम्म यी समस्या कायमै रहने र उद्योग नाफामा जान नसक्ने उनले बताएका छन्।

    दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगमा यो आर्थिक वर्ष २ लाख ४९ हजार ४५६ बोरा मात्र सिमेन्ट उत्पादन भएको छ। यसमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै बिक्री हुन बाँकी रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।

    यसरी लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएपनि यसका लागि आवश्यक पर्ने कोइला र मेसिनको मर्मत सम्भारको सुनिश्चितता गर्नु जरुरी देखिन्छ। घाटामा रहेको यस उद्योगलाई नाफामा लैजान सरकार र व्यवस्थापनको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend