२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 6.1K
    SHARES

  • images
    चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि


    काठमाडौं, २८ वैशाख । गत चैत मसान्तसम्म व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई तीन लाख ८७ हजार ८३९ पुगेको छ ।

     त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend