२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बलात्कार गरेको आरोपमा चारजना पक्राउ


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 9.8K
    SHARES

  • images
    बलात्कार गरेको आरोपमा चारजना पक्राउ

    काठमाडौं । बर्दिया र सर्लाहीमा बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका–११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई  प्रहरीले पक्राउ गरेको छ । थारूले सोही नगरपालिका–११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

     १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकै गुलरिया नगरपालिका–४ कैलाशनगर बस्ने ६७ वर्षीय पंम बहादुर रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ । रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

     १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकै राजापुर नगरपालिका–६ महुवा बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरले ललाई फकाई बाँके नेपालगंज उपमहानगरपालिका–१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगी माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सर्लाहीको हरिपुर नगरपालिका–७ चितायन बस्ने ४८ वर्षीय सिकिन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend