२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

केन्याको अन्तराष्ट्रिय बिमानस्थल नजिकै भयानक विष्फोट


सञ्चार डबली
  • शुक्रबार, माघ १९ २०८०
  • 8.4K
    SHARES

  • images
    केन्याको अन्तराष्ट्रिय बिमानस्थल नजिकै भयानक विष्फोट


    काठमाडौं । केन्यामा ग्याँस स्टेशनमा विष्फोट हुदाँ १६५ जना भन्दा बढी घाइते भएका छन् । सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी भएको पुष्टि गरेका छन्।

    मवाउराले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल पृष्ठहरूमा साझा गरेको एक विज्ञप्तिमा, एयरपोर्ट नर्थ रोडको कबानसोरा नजिकैको ग्यास स्टेशनमा आगलागी भएको बताए।तर, आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । समाचार अनुसार सो विस्फोटमा परी १६५ जना भन्दा बढी बढी व्यक्ति घाइते भएका छन्।

    ‘कम्पनीले ग्याँस सिलिन्डर रिफिल गरिरहेको बेला एक्कासी आगलागी भएको र त्यसपछि धेरै व्यक्तिहरू घाइते भएका र अस्पताल लगिएको छ,’ मवाराले भने । तर, अहिलेसम्म कुनै हताहतको पुष्टी भइ नसकेको केन्याका मिडियाहरूले जनाएका छन् ।

    ‘कम्पनीको होस्टेलको भवन नराम्ररी क्षतिग्रस्त भएको छ । यस क्षेत्रमा फायर इन्जिनहरू तैनाथ गरिएको लगायत उद्धार कार्यहरू भइरहेकाले जनतालाई यस क्षेत्रबाट टाढा रहन सल्लाह दिइन्छ,’ प्रवक्ताले भनेका छन् ।नैरोबीका प्रहरी प्रमुख एडमसन बुन्गेईले पनि ग्यास भर्ने ठाउँमा विस्फोट भएको पुष्टि गरेका छन् ।

    घटनास्थलमा पुगेका आकस्मिक सेवा प्रदायकहरूले घाइतेहरूलाई तत्काल केन्याटा नेसनल अस्पताल, मामा लुसी अस्पताल र कोमारोक मेडिकल सेन्टरमा उपचारका लागि पुरयाएका छन् ।पीडितलाई उद्धार गर्न घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका तस्बिरले उनीहरुको शरीर जलेको देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend