२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि खाँणसँग सरकारी वकिलले विषय केन्द्रित बयान लिदै  


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 8.1K
    SHARES

  • images
    आजदेखि खाँणसँग सरकारी वकिलले विषय केन्द्रित बयान लिदै  

    काठमाडौं, २८ बैशाख । आजदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु हुँने भएको छ ।सरकारी वकिलले आजबाट पुर्व गृहमन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो । 

    बुधवार प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ? लगायतको बिषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजवाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने बिषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने । उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ ।

    बुधवार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले चार दिनको समय दिईसकेको छ । अदालतले दिएको समयसिमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ । 

     आज रातभर प्रहरी कस्टडीमा बिताएका पुर्व गृहमन्त्री खाँणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाईएको छ । बुधवार झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाँणले सरकारी वकिल समक्ष आफनो पक्राउ वारेमा सामान्य जानकारी दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend