२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भ्रष्टाचार निर्मूल गर्नै नसकिने विषय होइन, प्रयत्न गरे हुन्छ–शशांक कोइराला


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 9.2K
    SHARES

  • images
    भ्रष्टाचार निर्मूल गर्नै नसकिने विषय होइन, प्रयत्न गरे हुन्छ–शशांक कोइराला


    काठमाडौं, बैशाख २७ गते । भ्रष्टाचार न्यूनीकरण गर्न सबैले प्रयास गर्नुपर्ने नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कोइरालाले भ्रष्टाचार एउटा गम्भीर रोग बनेको भन्दै त्यसलाई निर्मूल पार्न नसकिने अवस्थासम्म पुगेको जिकिर गरेका छन् ।

    उनले भने, ‘वास्तवमा भ्रष्टाचार भनेको हामीले नै गर्ने हो । हामीले नगर्ने हो भने भ्रष्टाचार कम भइहाल्छ । यसलाई निर्मूल गर्न सकिन्छ कि सकिँदैन ? कतिपय देशले त निर्मूल पनि गरेका छन्,’ उनले भने, ‘तर मलाई लाग्छ, भ्रष्टाचार निर्मूल गर्नै नसकिने विषय होइन, तर हामीले त्यसलाई प्रयत्न गर्नुपर्ने हुन्छ,’

    भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिनुपर्ने उनको भनाई छ । ‘बीपी कोइराला प्रधानमन्त्री हुँदा उहाँको भाइले नयाँ जुत्ता लगाउनुभयो, जब त्यसको स्रोतमाथि प्रश्न उठ्यो, उहाँले त्यही दिन उहाँलाई बर्खास्त गरिदिनुभयो । भ्रष्टाचारमा सरकारको, राजनीतिक नेतृत्वको त्यो किसिमको शून्य सहनशीलता हुनुपर्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend