२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको आग्रह


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 8.8K
    SHARES

  • images
    अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको आग्रह


    काठमाडौं, बैशाख २७ गते । नेकपा (एमाले) का उपमहाचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धानलाई सहयोग गर्न पार्टी सचिव टोपबहादुर रायमाझीलाई संसद मार्फत आग्रह गरेका छन् ।

    आज प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै उपमहाचिव गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी गराएका हुन् ।

    ‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ । यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्’ गुरुङले भने ।

    प्रतिनिधिसभा सदस्य रायमाझी एमालेका सचिव हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ र उनी फरार छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend