२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पहिलो त्रैमाससम्म आइपुग्दा बढ्यो गुराँस लघुवित्तको नाफा


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 9.5K
    SHARES

  • images
    पहिलो त्रैमाससम्म आइपुग्दा बढ्यो गुराँस लघुवित्तको नाफा

    काठमाडौं । गुराँस लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बढेको छ । कम्पनीले ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा खराब कर्जा घटेकाले खुद नाफा प्रभावित भएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

    कम्पनीको खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको र सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपैयाँ छ । यसैगरी पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा आएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा छ । चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend