२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणले देशको माहोल ततायो, पक्राउ परेका १२ जना को–को हुन् ? 


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 10.3K
    SHARES

  • images
    शरणार्थी प्रकरणले देशको माहोल ततायो, पक्राउ परेका १२ जना को–को हुन् ? 


    काठमाडौं, बैशाख २७ गते । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणले देशको माहोल तताएको छ । शरणार्थी प्रकरणमा भैरहेको छानबिन र अनुसन्धान कमजोर नबनाउन राजनीतिक नेतृत्वमाथि खबरदारी बढ्न थालेको छ । राजनीतिक दबाबका कारण अनुसन्धान तथा छानबिन प्रभावित हुन लागेको संकेत देखिएपछि संसद र जनस्तरबाटसमेत खबरदारी बढेको हो ।

    संसदमा सांसदहरुले यस विषयमा निरन्तर आवाज उठाउँदै भ्रष्टाचार निवारण र सुशासनको प्रतिबद्धताबाट पछाडि नहट्न नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।सांसद एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि यो प्रकरणमा राजनीतिक नेतृत्व पनि संलग्न रहेको देखिएको छ ।

    त्यसैगरी, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौ ठगी गर्ने गिरोहका १२ सदस्य पक्राउ परेका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेसँगै यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका हुन् । प्रहरीले यस अघि बहालवाला सचिव एवं पूर्व गृहसचिव टेकनारायण पाण्डे, गोविन्द चौधरी, रामशरण केसी, केशव दुलाल, सानु भण्डारीलाई र प्रतिक राई पक्राउ गरिसकेको छ ।

    त्यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सागर राई, टंककुमार गुरूङ र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन् । प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि नेकपा एमालेका सचिव टोपबहादर रायमाझी भने फरार छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend