२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 9.3K
    SHARES

  • images
    शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


    काठमाडौं, बैशाख २७ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई आज बिहान मैजुवहालस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई अहिले प्रहरी परिसर टेकुमा राखिएको छ ।

    आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए । आरोपितको बयानका आधारमा अनुसन्धानमा खाँण पनि यस प्रकरणमा तानिएका हुन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भने फरार छ । प्रहरीले यसअघि गृह मन्त्रालयका पूर्वसचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई भने पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend