२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

टोपबहादुर रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध गर्दैन–एमाले


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 8.9K
    SHARES

  • images
    टोपबहादुर रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध गर्दैन–एमाले


    काठमाडौं, बैशाख २७ गते । टोपबहादुर रायमाझी फरार हुनु उनको गल्ती भएको नेकपा (एमाले) ले ठहर गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनले प्रहरीमा उपस्थित भएर सत्यतथ्य उजागर गर्नुपर्नेमा एकाएक फरार भएर गल्ती गरेको एमालेको निष्कर्ष छ ।

    वैशाख २८ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न मंगलबार बसेको केन्द्रीय सचिवलाय बैठकले फरार भएर उनले कानुन कार्यान्वयनमा असहयोग गरेको समेत निष्कर्ष निकालेको छ । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा अब रायमाझीले कानुन कार्यान्वयनमा सघाउनुको विकल्प नभएको एमालेको भनाइ छ ।

    रायमाझीबारे आज बैठकको एजेण्डा नभएपनि नेताहरुले प्रश्न गरेपछि अध्यक्ष केपी शर्मा ओलीले एमाले कानुन भन्दा बाहिर नजाने बताएका थिए । उनले कानुन अनुसार रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध नगर्ने समेत बताएका थिए ।

    ‘एमाले कानुनी शासनको पक्षमा छ । त्यसैले कानुनविपरीत कसैले काम गरेको छ भने उ त्यसको सजाय भोग्न तयार हुनुपर्छ, पार्टी त्यसमा बाधक हुँदैन’, अध्यक्ष ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘तर वास्तविकता के हो भन्ने कुरामा राज्यले प्रमाण पेश गर्ला । सम्बन्धित व्यक्तिले पनि आफ्नो प्रमाण पेश गरेपछि थाहा हुने कुरा हो ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend