२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रदेश खारेज नगरेसम्म अर्थतन्त्र ठीक ठाउँमा आउँदैन–राजेन्द्र लिङ्देन


सञ्चार डबली
  • मंगलबार, वैशाख २६ २०८०
  • 9.2K
    SHARES

  • images
    प्रदेश खारेज नगरेसम्म अर्थतन्त्र ठीक ठाउँमा आउँदैन–राजेन्द्र लिङ्देन


    काठमाडौं, बैशाख २६ गते ।  प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै लिङ्गदेनले सबैभन्दा अनुत्पादक क्षेत्र संघीयता भएको उल्लेख गरेका छन् । 

    ‘इमान्दारितापूर्वक भन्ने हो भने हाम्रो अनुत्पादक क्षेत्र भनेको हिजो आन्दोलनको रापतापमा ल्याएको प्रणाली हो । अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म यति ठूलो संख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठीक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो’ उनले भने ।

    अध्यक्ष लिङ्देनले विगतमा असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई ठीक भएन भन्ने लागेको पनि जिकिर गरे । ‘त्यसकारण हामीले आँट गरौं । हिजो हामीले सुविचारका साथ यो ल्यायौं होला तर यो ठीक भएन भन्ने सबैको मनमा छ’ लिङ्देनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend