२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुँदो रहेछ –देवेन्द्र दाहाल


सञ्चार डबली
  • मंगलबार, वैशाख २६ २०८०
  • 8.7K
    SHARES

  • images
    कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुँदो रहेछ –देवेन्द्र दाहाल

    काठमाडौं, बैशाख २६ गते । भ्रष्टाचार न्यूनीकरणका लागि के–के गर्ने हो त्यसबारे नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले सरकारको प्रतिबद्धता माग गरेका छन् ।

    आज राष्ट्रिय सभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि जानुपर्नेमा जोड दिए । ‘कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुँदा रहेछ । यसमा नेताहरु पनि मुछिन्छन् होला’ उनले भने ।

    हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनि’ लिने प्रवृति रहेको उनको टिप्पणी छ । ‘‘कर्मचारीले सचिवले साइनिङ मनि लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने,’ उनी थप्छन्, ‘ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ ।’यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उनले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend