२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

इजरायली सेनाद्वारा गाजा क्षेत्रमा हवाई आक्रमणः १२ जनाको मृत्यु 


सञ्चार डबली
  • मंगलबार, वैशाख २६ २०८०
  • 9.6K
    SHARES

  • images
    इजरायली सेनाद्वारा गाजा क्षेत्रमा हवाई आक्रमणः १२ जनाको मृत्यु 

    काठमाडौं, बैशाख २६ गते ।  इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा १२ जना मारिएको पुष्टी गरेको हो । इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका सदस्यहरूलाई लक्षित गर्दै गाजा पट्टीमा आज  हवाई आक्रमण गरेको हो ।

    मारिनेमध्ये केही इस्लामिक जिहाद आन्दोलनका नेता रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर मृत्यु हुनेमा अधिकांश आम नागरिक नै रहेको अलजजिराको समाचारमा उल्लेख छ ।प्यालेस्टाइनी इस्लामिक जिहाद आन्दोलनले भने हवाई आक्रमणमा आफ्ना तीन नेता मारिएको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend