२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सरकारले आगामी आर्थिक वर्षको बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउनेछ: प्रधानमन्त्री दाहाल


  • शनिबार, पुस २८ २०८०
  • 8.8K
    SHARES

  • images
    सरकारले आगामी आर्थिक वर्षको बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउनेछ: प्रधानमन्त्री दाहाल

    काठमाडौं, २८ पुस । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका  छन्।

    आज शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताएका हुन। 

    नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले बैठकमा जोड दिएको उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताउनु भएको जानकारी गराए।त्यस अवसरमा प्रधानमन्त्री दाहालले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हात पारेको दाबी गर्नुभएको पनि प्रवक्ता सापकोटाले बताए।

    त्यस अवसरमा प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरुलाई गराउनुभएको माओवादी केन्द्रले जनाएको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend