२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images
अर्थ

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : शक्तिबहादुर बस्नेत


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 9.5K
    SHARES

  • images
    आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : शक्तिबहादुर बस्नेत


    काठमाडौं ।  आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । आज बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल–भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा उनले यस्तो दाबी गरेका हुन् ।

    मन्त्री बस्नेतले १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दाबी गर्दै  त्यसका लागि सरकारले ठोस कार्यनीति बनाएको बताएका छन् । उनले भने, ‘पर्याप्त छलफल गरेर यो निर्णयसम्म पुगेका छौं । हामी आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्छौं । यो सम्भव छ । यो हामीसँग ठोस कार्यनीति छ ।’

    उनले आगामी १० वर्षभित्रमा नेपालले १० हजार मेगावाट विद्युत भारतमा निर्यात के कसरी गर्ने भन्नेबारे काम गर्न दुई देशबीच संयन्त्र बनाएको जानकारी दिए । २५ वर्षसम्मका लागि भएको उक्त सम्झौता १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने पनि उनले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend