२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुमनकुमार श्रेष्ठ चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित


सञ्चार डबली
  • मंगलबार, पुस २४ २०८०
  • 9.0K
    SHARES

  • images
    सुमनकुमार श्रेष्ठ चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित

    काठमाडौं। चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । ५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १५१५ मत पाए भने पन्तले ८४३ मत ल्याए । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । 

    पन्त तृतीय उपाध्यक्ष थिए । अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भए । कुल मतदाता २ हजार ९७४ रहेकोमा २ हजार ४१४ मत खसेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend