२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन 


सञ्चार डबली
  • बिहीबार , पुस १९ २०८०
  • 9.0K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन 

    बिहिवार, पौष १९ २०८०
    ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा  स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरेको हो । लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गर्नुभएको छ ।

    यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

    प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend