२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अमेरिकी डलरसंगै युरो पनि घट्यो


सञ्चार डबली
  • बिहीबार , पुस १९ २०८०
  • 9.4K
    SHARES

  • images
    अमेरिकी डलरसंगै युरो पनि घट्यो

    काठमाडौ, १९ पुस । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । बिहिबार एकको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा कायम गरिएको छ। 

    बुधबार अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसामा कारोबार भएको थियो । अघिल्लोदिनको तुलनामा बिहिबार ७ पैसाले घटेको हो ।

    यस्तै, युरोपियन युरो ८१ पैसाले घटेको छ । आज युरो एकको खरिदमा १४५ रूपैयाँ २२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ। बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ३ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ६९ पैसा तोकिएका थियो ।

    त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बिहिबार १६७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५९ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङको भाउ अघिल्लो दिनको तुलनामा ७१ पैसाले बढेको हो ।
    बुधबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा कायम गरिएको थियो।

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ । त्यसैगरी, क्यानेडियन डलरको भाउ पनि घटेको छ । डलर ८४ पैसाले घटेर एक क्यानेडियन डलरको खरिदमा भने ९९ रूपैयाँ ६३ पैसा र बिक्रीमा १०० रूपैयाँ ८ पैसा तोकिएको छ ।

    बुधबार क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसामा कारोबार भएको थियो । यस्तै, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६४ पैसा कायम छ। राष्ट्र बैंकले आज एक साउदि अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ७१ पैसा र बिक्रीदर २८ रूपैयाँ ८४ पैसा पाइन्छ।

    बिहिबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १८ पैसा तोकिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २६ पैसा तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend