२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

'अहिले आफ्नो शक्ति संचय गरिरहेको छु, समय आएपछि शक्तिको प्रदर्शन गर्छु'


  • शनिबार, पुस १४ २०८०
  • 9.2K
    SHARES

  • images
    'अहिले आफ्नो शक्ति संचय गरिरहेको छु, समय आएपछि शक्तिको प्रदर्शन गर्छु'

    काठमाडौं, १४ पुस । सेयर बजारका चर्चित लगानीकर्ता हुन् दिपेन्द्र अग्रवाल। हक्की स्वभावका अग्रवालका गतिविधि र उनको सामाजिक संजाल मार्फत आउने विचारले समय समयमा बजारमा तरंग नै ल्याउने गर्छन। उनका विचारको सर्मथन त हुने नै गरेको छ भने उनको आलोचक पनि कम छैनन्। 

    अहिले अग्रवाल आफ्ना ग्रुप अफ कम्पनीहरु बनाउन लागिरहेको  र आफ्नो कम्पनी स्मार्ट डोर्सको आईपिओको तयारीमा रहेको उनी बताउंछन् ।  

    हालको बजारका बारेमा बोल्दै बजारमा अहिले एकुमुलेशन चलिरहेको बताए। फाइनान्सको ड्राइभरको रुपमा परिचित अग्रवाल भन्छन, 'हिरोको इन्ट्री लाष्टमा हुन्छ।'  यो पाली बजारमा फाइनान्स, ननलाइफ र हाइड्रो सेक्टरका सेयर नै चल्ने तर्क गर्छन। आफ्नो अहिलेको बजार लगानी रणनीति बारे भने उनले भने, 'अहिले म अहिले आफ्नो शक्ति संचय गरिरहेको छु , समय आएपछि शक्तिको प्रदर्शन गर्छु।'

    बजार अहिलेको २५०० को वरिपरि हुनपर्ने तर बजारमा आएका प्रिमियमका आईपिओका कारण बजार अहिले यति तल रहेको उनको बुझाई छ। 'भोलि पनि यहिँ अवस्था दोहरिएर १८०० तल बजार नजाला भन्न सकिन्न' उनी भन्छन। 

    नेपाल धितोपत्र बोर्ड र त्यहाँका अध्यक्षले निरन्तर आफु माथि हमला गरेको आरोप लगाएका छन्। उनका कारण नै गोल्डमयान कम्पनीको खाता रोक्का गर्ने त कहिले सिआइबी त कहिले राष्ट्र बैंकलाई चिठी लेखेर दु:ख मात्र दिएको उनको ठहर छ। आफुले धितोपत्र बोर्डले भनेको काम गर्दा पनि आफुहरुको कम्पनीको खाता सुचारु नगरेर दुख दिएको र उल्टो घुस मागेको र त्यसको प्रमाण नियामकमा दिने बताएका छन्।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend