२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

४५ प्रतिशत जंगल छ तर आयातवाट फर्निचर उपभोग गर्नु दुर्भाग्यः अर्थमन्त्री महत


  • शनिबार, पुस १४ २०८०
  • 8.3K
    SHARES

  • images
    ४५ प्रतिशत जंगल छ तर आयातवाट फर्निचर उपभोग गर्नु दुर्भाग्यः अर्थमन्त्री महत

    काठमाडौं, १४ पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन ।

    नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले भने,  ‘नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि हामीले विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था होइन । काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु हाम्रा लागि सुखद् होइन ।’

    ‘‘फर्निचरको क्षेत्रमा हामी आत्मनिर्भर बन्न सकिन्छ । निर्यातको पनि प्रशस्त सम्भावना छ । कला संस्कृतिको हिसाबले पनि नेपाल समृद्धि छ । हामीले विशिष्ठ किसिमका फर्चिनर निर्माण गर्न सक्छौं, जसको माग देशबाहिर पनि हुन सक्छ’ मन्त्री महतले भने,

     ‘यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ । हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार, यही उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्दछ । यही उद्योग व्यवसाय फस्टाउन सकोस् भनेर सरकारले यो नीति अवलम्बन गरेको हो ।’

    स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहने जनाउँदै अर्थमन्त्री महतले सरकारी अथवा निजी घरमा बाहिरी फर्निचर उपयोग भइरहेको तर ती फर्निचर हेर्दा राम्रो देखिए पनि टिकाउ नहुने मन्त्री महतको भनाइ थियो । यस्ता कुरा हामीले उपभोक्तालाई सूचित गर्न जरुरी रहेको भन्दै उनले भने,  ‘हाम्रा उत्पादन पनि आकर्षक र टिकाउ हुन जरुरी छ । ऐन, नियम र कानुनले फर्निचर उद्योगमा समस्या आएको भनिएको छ, त्यसलाई फुकाउन सरकार लागेको छ ।’

    ‘नेपाली उद्योगलाई सहज गर्ने कुरामा सरकारले सहयोग गर्ने उनको भनाई छ । ‘वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्ने गरी हामीले काम गर्नुपर्छ, यो व्यवसायमा हामी आत्मनिर्भर भएर बाहिर निर्यात गर्ने अवस्थामा हामी पुग्नुपर्छ’ मन्त्री महतले भने ।
     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend