२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्राधिकरणले गर्यो थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बन्द


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 7.8K
    SHARES

  • images
    प्राधिकरणले गर्यो थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बन्द

     

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको छ ।प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका ग्राहकहरुको विद्युत् लाइन काटेको हो ।

    बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

    त्यसैगरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

    बक्यौता नतिर्ने उद्योगको लाइन प्राधिकरणले पुस ६ गतेदेखि काट्न थालेको थियो। पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ उद्योगको लाइन प्राधिकरणले गत शुक्रबार काटेको थियो।

    शुक्रबार लाइन काटिएका १४ उद्योगसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी महशुल नतिरेपछि लाइन काटिने उद्योगको संख्या २३ पुगेको छ।प्राधिकरणले बक्यौता नतिर्ने ६१ उद्योगको बिजुली काट्ने बताएको थियो।प्राधिकरणले धमाधम लाइन काट्न थालेपछि उद्योगीहरू शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend