२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैङ्कले ल्यायो वार्षिकोत्सवका अवसरमा विशेष योजना : क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 8.8K
    SHARES

  • images
    ग्लोबल आइएमई बैङ्कले ल्यायो वार्षिकोत्सवका अवसरमा विशेष योजना : क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट

    काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले कार्ड तथा मोबाइल बैङ्किङ्गमार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रूपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैङ्कले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा उक्त योजना ल्याएको हो ।

    वार्षिकोत्सवको अवसरमा बैङ्कले ग्राहकहरूलाई यही पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैङ्कको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराउने छ । 

    साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैङ्कका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एस.एम.एसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यो क्यासब्याक योजना पुस १७ गतेदेखि २३ गतेसम्म लागू हुनेछ ।  

    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरू अनुसार मुलुककै सबैभन्दा ठुलो बैङ्क वाणिज्य बैङ्क हो ।

    देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क-बैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैङ्कमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैङ्कले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend