२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 9.3K
    SHARES

  • images
    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा


    काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख ४० हजार १६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले सुजना पनेरु न्यौपानेको नाममा रहेको ३ लाख ३३ हजार ७०२ कित्ता, हरि बहादुर थापाको नाममा रहेको १ हजार ५० कित्ता र तर्क बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

    बैंकले विद्यमान संस्थापक शेयरधनीहरूका लागि उक्त शेयर विक्रीमा ल्याएको हो । ईच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

    बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend