२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बोर्ड अध्यक्ष हमाललाई सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छानविन गर्न लेखाको निर्देशन, पुनः नियुक्तिको बाटो बन्द


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 7.7K
    SHARES

  • images
    बोर्ड अध्यक्ष हमाललाई सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छानविन गर्न लेखाको निर्देशन, पुनः नियुक्तिको बाटो बन्द

    पौष १२ २०८० काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्दीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले बोर्डले विभिन्न कम्पनीको प्राथमिक सेयर (आइपीओ) निष्कासनमा नियमावली नै परिवर्तन गरेर अनुमति दिएको भन्दै हमालको सम्पत्ति छानविन गर्न विभागर आयोगलाई निर्देशन दिएको हो ।

    समितिले सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छानविन गर्न निर्देशन दिएसँगै अध्यक्ष हमालको बोर्डमा पुनः नियुक्तिको बाटो बन्द भएको छ । हमालको कार्यकाल यही पुस २० गतेबाट सकिदैछ । उनी पुस १० गतेबाट नै विदामा बसेका छन् र पुनः नियुक्तिका लागि विभिन्न सुत्रमार्फत प्रयासहरु गरिरहेका छन् । यहीबीचमा समितिले हमालले बोर्डमा रहेर ठूलो घोटाला गरेको भन्दै छानविनको निर्देशन दिएपछि उनका लागि बोर्डको ढोका बन्द भएको हो ।

    बिहीबार लेखा समितिमा भएको छलफलपछि समितिले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न अनुमति दिनु भनेको नीतिगत भ्रष्टाचार भएको उल्लेख गरेको थियो। धितोपत्र बोर्डको नियमावली लगायतका विषयमा छलफल गर्दै समितिले घाटामा रहेका कम्पनीलाई सेयर निष्काशन गर्न दिएको, प्रिमियममा सेयर निष्काशन गर्न दिँदा भ्रष्टाचारको आशंका पैदा भएको भन्दै छानबिन गर्न निर्देशन दिएको हो ।

    बैठकमा तीनवर्ष नाफामा गएको कम्पनीले मात्र प्रिमियममा सेयर जारी गर्न पाउने कम्पनी ऐनमा भए पनि धितोपत्र निष्काशन नियमावली संशोधन गरेर दुई वर्षमा झार्नु नीतिगत भ्रष्टाचार भएको भन्दै सांसदहरुले हमालमाथि छानविनको माग गरेका थिए ।

    समितिले सेबोन अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै खेद प्रकट पनि गरेको छ । ‘अध्यक्ष हमाल विना जानकारी अनुपस्थित हुनु यो समिति र आम नागरिकप्रतिको गैर जिम्मेवारी भएको हाम्रो ठहर छ,’ समितिका सभापति पोखरेलले भने ।

    समितिले बिहीबार अध्यक्ष हमालले विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर आर्थिक चलखेल गरेकोबारे छलफलका लागि बैठक बोलाएको थियो । तर, हमाल भने विना कुनै जानकारी नै बैठकमा उपस्थित भएनन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend