बुधवार, पौष ११ २०८०
काठमाडौँ र रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।
त्रिवेणी ग्रुपका निर्देशक सुभाषचन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि तथा नेपाल बजार प्रमुख अभिषेक शुक्लाले एक कार्यक्रमका बिच Meteor Fireball, Meteor Stellar र Meteor Supernova सार्वजनिक गरेका हुन् ।
Meteor मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड, Electronic (EFI) रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ । यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ भने प्रति लिटर औषत ४० कि.मि. माइलेज दिने छ।
इजी कुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० mm व्हीलबेस, ७६५ mm सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडी - चौडा टुबलेस टायर्र (१००/९० - १९" - ५७ P ), पछाडी चौडा दुबलेस टायर्र (१४०/७० - १७”-६६ P) जस्ता फिचरहरू पाउन सकिन्छ ।
Meteor Fireball ३५० cc - पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्, त्यस्तै Meteor Stellar ३५० cc – कालो, निलो र रातो रंगमा उपलब्ध छन् । यसैगरी Meteor Supernova ३५० cc – खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् ।
कम्पनीले Meteor Fireball ३५० cc को मूल्य ५ लाख ५० हजार रुपैयाँ, Meteor Stellar ३५० cc को मूल्य ५ लाख ५५ हजार रुपैयाँ र Meteor Supernova ३५० cc को मूल्य ५ लाख ६५ हजार तोकेको छ। सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीले जानकारी दिएको छ ।


