२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 एनसेल खरिद बिक्रीविरुद्ध राजधानीमा प्रदर्शन गर्दै शान्ति समाज  


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 8.7K
    SHARES

  • images
     एनसेल खरिद बिक्रीविरुद्ध राजधानीमा प्रदर्शन गर्दै शान्ति समाज  

     

    काठमाडौं। एनसेल खरिद बिक्रीविरुद्ध मानव अधिकार तथा शान्ति समाजले राजधानीमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन धर्ना कार्यक्रम आगामी शुक्रबार दिउँसो १ बजे राजधानीको माइतिघर मण्डलामा सुरु हुने बताइएको छ ।

    यस्तै,राज्य विरुद्ध अपराधको रुपमा रहेको एनसेल महाघोटाला प्रकरणबारे विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गराउन, राज्यलाई ठूलो हानी नोक्सानीबाट जोगाउन, र एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न आग्रहसहित प्रदर्शन गर्ने भएको हो ।

    एनसेल खरिद विक्री प्रकरणमा शिर्ष नेताहरु नै संलग्न रहेको र  बारम्बार यो समाचार प्रकाशनमा आएकोले विश्वसनीय न्यायीक छानविन आयोगको तत्काल गठन गर्न समेत माग गरिएको छ । 

    प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने छ ।  यस्तै,कार्यक्रममा सहभागी हुन सम्पुर्ण मिडियाका सञ्चारकर्मीहरुलाई  आग्रह समेत गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend