२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भिर गृहकार्यमा छौँः प्रम दाहाल


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 7.2K
    SHARES

  • images
    पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भिर गृहकार्यमा छौँः प्रम दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि सरकार गम्भिर गृहकार्यमा रहेको बताएका छन्।आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएपनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको बताएका हुन। 

    उनले यसको सुधारका लागि गम्भिर गृहकार्यमा रहेको बताए। उनले व्यापार घाटामा पनि कमी आएको बताए। उनले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्ष भन्दा २.७ प्रतिशतले कम भएको उल्लेख गरे।  

    प्रधानमन्त्री दाहालले उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महशुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए। उनले बैंक तथा बित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको व्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताए।

    प्रधानमन्त्री दाहालले सबै आर्थिक र कुटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गरे। उनले कार्यक्षमता कमजोर भएका राजदुत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको पनि जानकारी गराए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend