२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बुधबार आईपीओ बाँडफाँट गर्दै हिमालयन रिइन्स्योरेन्स लिमिटेड


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.8K
    SHARES

  • images
    बुधबार आईपीओ बाँडफाँट गर्दै हिमालयन रिइन्स्योरेन्स लिमिटेड


    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते बुधबार बिहान १० बजे शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

    कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ। कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ । कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो ।

    कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend