२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्दै नबिल बैंक


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 8.5K
    SHARES

  • images
    देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्दै नबिल बैंक


    काठमाडौं ।  देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा  नबिल बैंकले बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेको ५२ वटा घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।ऋणीले समयमै कर्जा तिर्न नसकेपछि धितो राखिएको सम्पत्ति बैंकहरुले लिलामी गर्नुपर्ने हुन्छ । उक्त लिलामी बिक्री नभएमा बैंकले आफैंले सकार्न पाउँछन् । तर, धितो सकार्दा बैंकहरूले बढीमा १५० रोपनी जग्गा मात्र आफ्नो नाममा राख्न पाउँछन् । सीमाभन्दा बढी भएपछि बैंकहरूले त्यस्तो सम्पत्ति बेच्ने गरेका छन् ।

    बैंकबाट लिएको कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितोमा राखिएका २१ जिल्लामा रहेका ५२ स्थानका घर तथा जग्गा लिलामी गर्ने भएको हो ।बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी गर्ने बैंकले जनाएको छ ।

    बैंकले काठमाडौं उपत्यकासहित राजविराज, इँटहरी, भोजपुर, खलंगा, धरान, दोलखा, मोरङ, झापा, बाँके लगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो। उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले पुस २३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend