२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै एनआईएमबी बैंक


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 8.8K
    SHARES

  • images
    ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै एनआईएमबी बैंक


    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १०५ एनआईएमबी डिवेन्चर २०९० नामक ऋणपत्र निष्कासन गर्ने भएको हो।

    ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। बैंकले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो। 

    बैंकले २ अर्ब ४२ करोड ४० लाख बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्ने छ।१० प्रतिशत ब्याजदरको ऋणपत्रको १० वर्षमा परिपक्व हुनेछ। ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend