२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ठुलो संख्यामा साधारण शेयर निष्काशन गर्दै प्रभु हेलिकोप्टर


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 9.4K
    SHARES

  • images
    ठुलो संख्यामा साधारण शेयर निष्काशन गर्दै प्रभु हेलिकोप्टर

     

    काठमाडौं । प्रभु हेलिकोप्टर लिमिटेडले ठुलो संख्यामा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ६ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले सर्वसाधारणलाई शेयर बेच्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बनाइएको जनाएको छ। कम्पनीका अनुसार ६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने कम्पनीद्वारा जारी विज्ञप्ति छ।

    बिक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा प्रभु हेलिकोप्टरका तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    व्यावसायिक योजनाअनुसार सर्वसाधारणमा आइपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकोप्टर कम्पनी हुने दाबी प्रभु समूहको छ। सन् २००९ मा स्थापना भएको यो हेलिकोप्टर कम्पनीले हाल एयरबस कम्पनीको एच १२५ र रोविन्सन कम्पनीको आर६६ हेलिकोप्टरमार्फत व्यावसायिक चार्टर उडान सेवा दिँदै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend