२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्र बैंकअगाडि लुम्बिनी प्रदेशका लघुवित्तिय संस्था विरुद्धको प्रदर्शन


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 9.6K
    SHARES

  • images
    राष्ट्र बैंकअगाडि लुम्बिनी प्रदेशका लघुवित्तिय संस्था विरुद्धको प्रदर्शन

     

    काठमाडौं । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्तपीडितहरुले प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर, गरिब किसानहरुलाई नि शुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारा सहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर अगाडि सभा गरेका छन् ।

    भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको लुम्बिनी प्रदेश सम्मेलन तथा विरोध प्रदर्शन राष्ट्र बैंक गाडि कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन विश्वकर्मा, सिखा रेग्मी, अब्दुल शाह, कोशी इन्चार्ज,रमेश सुनार, प्रदेश इन्चार्ज रोमन थापा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष लगायतले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या त्था ज्यान गुमाएको, ऋण तिर्दा समेत बैंकहरुले कालोसूचिमा राखेको बताए ।

    लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पिडितहरुले गुनासो गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend