२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

७ वटा विकास बैंकले गरे सेयरधनीलाई लाभांश घोषणा


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 9.5K
    SHARES

  • images
    ७ वटा विकास बैंकले गरे सेयरधनीलाई लाभांश घोषणा


    काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा कुल १५ वटा विकास बैंक सूचीकृत छन् । तीमध्ये ७ वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने दुई वटाले लाभांश नदिने घोषणा गरेका छन् । बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैन ।

    ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् ।

    लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द ९बुक क्लोज० भइसकेको छ । सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेकाले अब सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् ।

    बाँकी ४ वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । अहिले पनि सेयर खरिद गर्नेले यी ४ कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग अधिकार राख्दछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend