२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माछापुच्छ्रे बैंकले गर्यो व्यावसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 9.3K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकले गर्यो व्यावसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना


    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एक हप्ते व्यावसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

    माध्यमिक तहका विद्यार्थीहरूमा व्यावसायिक र प्राविधिक ज्ञान एंव सिपको विकास गर्ने उद्देश्यले बैंकले इन्जिनियर्स विदाउट बोर्डर्स नामक संस्थासँगको सहकार्यमा व्यावसायिक सिपमूलक तालिम आयोजना गरेको हो ।

    बैंकले इन्जिनियर्स विदाउट बोर्डर्स नामक संस्थासँग सहकार्य गरी एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरी आइतबार उक्त कार्यक्रम समापनको गरेको थियो ।

    उक्त समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एंव बैंकका पूर्व अध्यक्ष डा। वीरेन्द्र प्रसाद महतोले विद्यालय स्तर देखि नै विद्यार्थीमा व्यावसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरूले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता वृद्धि गर्न सहयोग गर्ने बताए ।

    सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानीय निकायहरू सँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

    एक सातासम्म सञ्चालन भएको उक्त सीपमूलक तालिम कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा उन बाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने व्यावसायिक तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend