२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माछापुच्छ्रे बैङ्कदारा व्यवसायिक सिपमूलक तालिम प्रदान, विद्यार्थीको दक्षता बृद्धि गर्न सहयोग पुग्ने


सञ्चार डबली
  • आइतबार, पुस ८ २०८०
  • 9.0K
    SHARES

  • images
    माछापुच्छ्रे बैङ्कदारा व्यवसायिक सिपमूलक तालिम प्रदान, विद्यार्थीको दक्षता बृद्धि गर्न सहयोग पुग्ने

    आइतवार, पौष ८ २०८०
    सिराहा । माछापुच्छ्रे बैङ्क लिमिटेडले एकहप्ते व्यवसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा उक्त तालिमको आयोजना गरेको हो । 

    माध्यमिक तहका विद्यार्थीहरूमा व्यवसायीक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्देश्यले बैङ्कले इन्जिनियर्स विथआउट बोर्डस नामक संस्थासँगको सहकार्यमा व्यवसायिक सिपमूलक तालिम आयोजना गरेको हो । बैङ्कले इन्जिनियर्स विथआउट बोर्डस नामक संस्थासँग सहकार्य गरि एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरि पुस ८ मा उक्त कार्यक्रम समापन गरेको थियो । 

    उक्त समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एवम् बैङ्कका पूर्व अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले विद्यालय स्तरदेखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरूले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता बृद्धि गर्न सहयोग गर्ने बताए । 

    सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैङ्कले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानिय निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । 

    एकसाता सम्म सञ्चालन भएको उक्त सीपमुलक तालिम कार्यक्रममा गोबर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊनबाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने व्यवसायिक तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend