२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हालसम्म १० वटा हाइड्रोपावरले गरे लाभांश घोषणा


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 8.7K
    SHARES

  • images
    हालसम्म १० वटा हाइड्रोपावरले गरे लाभांश घोषणा


    काठमाडौं । हालसम्म १० वटा हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेका छन् भने ४ वटाले बोनस सेयर मात्रै र एउटा कम्पनीले नगद र बोनस सेयर दुवै दिने भएको छ ।

    अहिलेसम्म सबैभन्दा धेरै लाभांश दिनेमा चिलिमे हाइड्रोपावर रहेको छ । उक्त कम्पनीले १० प्रतिशत बोनस र ५ प्रतिशत लाभांश दिने भएको छ । यस्तै सानिमा माईले १० प्रतिशत बोनस र ०.५२(करसहित) लाभांश दिने भएको छ ।

    माण्डु हाइड्रोपावरले १०, सेन्चुरी इनर्जीले १०,भगवती हाइड्रोपावरले १०.५२, रुरुले १०.५२,नेपाल हाइड्रो डेभलपरले ७ प्रतिशत बोनस र ०.३७ (करसहित) नगद दिने भएका छन् । मन्दाकिनीले ४.७५ बोनस र०.२५ नगद, बुटवल पावरले ५ र विन्ध्यबासिनी ५.२६ प्रतिशत दिने भएका छन् ।

    धेरै हाइड्रोपावर कम्पनीले भने यस पटक लाभांश नदिने भएका छन् । आयोजना निर्माणकै क्रममा रहेका कम्पनीहरूले पनि लाभांश दिने छैनन् । बरुण हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी, सानिमा मिडिल तमोर, त्रिशूली जलविद्युत् कम्पनी, श्वेतगंगा, इङवा हाइड्रोपावर, मकर जितुमाया सुरी, सयपत्रि हाइड्रोपावर, मध्यभोटेकोशी, रावा इनर्जी, आँखुखोला जलविद्युत् कम्पनी, सान्जेन जलविद्युत्, नेसनल हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर कम्पनीले लाभांश दिने छैनन् । यीमध्ये केही कम्पनीका आयोजनाहरु निर्माणकै क्रममा छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend