२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हकप्रद शेयर निष्कासन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 8.1K
    SHARES

  • images
    हकप्रद शेयर निष्कासन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स


    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले पुस २९ गते आयोजना गर्न लागेको साधारणसभामा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने जनाएको हो ।

    नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेपछि कम्पनीले पुँजी जुटाउनका लागि हकप्रद निष्कासन गर्न लागेको उल्लेख गरेको छ । पुँजी वृद्धि सँगै सोहि अनुसार चुक्ता पूँजीकायम गरी प्रबन्ध पत्र तथा नियमावली समेत संशोधान गर्ने प्रस्ताव कम्पनीले सोहि दिन पारित गर्नेछ ।

    सभाले साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिने कार्यमा भएका खर्चहरु अनुमोदन गर्ने,जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित बनेकाहरुको सहयोगार्थ प्रधानमन्त्री राहात तथा दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको १० लाख रुपैयाँ पनि सभाले पारित गर्नेछ ।

    यसका साथै सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। कम्पनीले साधारणसभ प्रयोजनाका लागि पुस १३ गते बुक क्लोज गर्ने निणर्य गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend