२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राइट सेयरको प्रस्ताव सहित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारण सभा आवहान


सञ्चार डबली
  • शुक्रबार, पुस ६ २०८०
  • 7.2K
    SHARES

  • images
    राइट सेयरको प्रस्ताव सहित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारण सभा आवहान

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आवहान गरेको छ।

    कम्पनीको बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैटौँ वार्षिक साधारणसभा पुस २९ गते काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा दिउँसो २ बजे बोलाउने निर्णय गरेको छ। 

    सभामा कम्पनीले हाल कायम चुक्तापुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी वृद्धिपश्चात प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    सभाले साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिने कार्यमा भएका खर्चहरु अनुमोदन गर्नेछ। जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित बनेकाहरुको सहयोगार्थ प्रधानमन्त्री राहात तथा दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको १० लाख रुपैयाँ पनि सभाले पारित गर्नेछ।

    सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक पारित पनि हुनेछ।

    कम्पनीले साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थात पुस १३ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend