२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पर्यटनमन्त्री किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा प्रदर्शन


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 8.9K
    SHARES

  • images
    पर्यटनमन्त्री किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा प्रदर्शन


    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा प्रदर्शन भएको छ । मन्त्री किराँतीको राजीनामा माग गर्दै हिन्दूवादी संघसंगठनले पशुपति क्षेत्रमा प्रदर्शन गरेका हुन् ।बुधबार मन्त्री किराँतीले एक कार्यक्रममा क्रिस्चियन नमान्नेहरू संविधान विरोधि र देशद्रोही बताएपछि त्यसको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

    सहभागीहरूले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।बुधबार काठमाडौंमा आयोजित क्रिस्चियन महोत्सवको कार्यक्रममा क्रिस्चियन धर्मको पक्षमा अभिव्यक्ति दिएका उनी बिबादमा परेका हुन् ।

    क्रिस्चियन नमान्नेहरू संविधान विरोधि र देशद्रोही भन्दै उग्र भाषण गरेपछि उनी बिबादमा तानिएका हुन् । क्रिस्चियन मान्दिन भन्नेहरुलाई हतकडी लगाएर जेल हाल्ने उनको भनाइ थियो ।

    ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिस्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले भने ।

    संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू रहेको बताउँदै उनले नेपालमा चाहिँ क्रिस्चियन माथि थिचोमिचो भएको उनको भनाइ छ । संसारले मानेको धर्म नेपालीले किन नमान्ने भन्ने उनको प्रश्न थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend