२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपालको पहिलो डिजिटल वाले ‘आइएमई पे’ भिजा पार्टनरसिप अवार्डबाट सम्मानित


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 8.4K
    SHARES

  • images
    नेपालको पहिलो डिजिटल वाले ‘आइएमई पे’ भिजा पार्टनरसिप अवार्डबाट सम्मानित


    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ ।काठमाडौँमा मङ्गलवार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिपु अवार्डबाट सम्मानित गरेको हो ।

    यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।

    आइएमई पे ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरू लिएर आउने जानकारी आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए ।

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

    आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

    यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend