२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विन्ध्यवासीनी हाइड्रोले घोषणा गर्यो लाभांश र साधारणसभा मिति, कहिले छ बुकक्लोज ?


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 7.7K
    SHARES

  • images
    विन्ध्यवासीनी हाइड्रोले घोषणा गर्यो लाभांश र साधारणसभा मिति, कहिले छ बुकक्लोज ?

    विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सातौं वार्षिक साधारणसभाको मिति र लाभांश एकैसाथ घोषणा गरेको छ ।

    पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

    यसैगरी कम्पनीले आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश करसहित बाँड्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस १७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend