२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

उद्योगी–व्यवसायीले गरे बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 10.4K
    SHARES

  • images
    उद्योगी–व्यवसायीले गरे बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह


    काठमाडौं । विराटनगरका उद्योगी–व्यवसायीले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिहरुसँग आज भएको अन्तर्क्रियामा उनीहरुले बीमासँग सम्बन्धित समस्या प्रस्तुत गरी तिनको समाधानका लागि आग्रह गरेका हुन् ।

    उद्योग संगठन मोरङ र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा संगठनमा बीमासम्वन्धी अन्तरक्रिया गरिएको थियो ।त्यस क्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्र बिषम परिस्थितिबाट गुज्रिरहेको भन्दै विभिन्न बीमाको प्रिमियम शुल्कमा भइरहेको वृद्धिले उपभोक्ता थप मारमा परेको बताए ।

    उनले प्रिमियम शुल्कलाई उपभोक्तामैत्री बनाउन प्राधिकरणको अग्रसरताका लागि अनुरोध गरे । बीमा कम्पनीहरुले हाल वाढी, पहिरो, भूकम्पलगायत अन्य धेरै प्रकारका जोखिमहरुलाई एउटै डालोमा हाली बीमा गर्न वाध्य बनाएको भन्दै सुरानाले उपभोक्ता अधिकारलाई मध्यनजर गरी आफूलाई आवश्यक शीर्षक मात्र छनौट गर्न दिनुपर्नेमा जोड दिए ।

    ‘लस अफ प्रफिट पोलिसी’ को प्रावधान नभएकाले ठूलो घाटा भइरहेको उल्लेख गर्दै कार्यक्रमका सहभागीले उक्त पोलिसीको अविलम्व व्यवस्था गर्न, ट्रान्जिट इन्स्यूरेन्सअन्तरगत लिइने मेरिन पोलिसी र स्वदेशमा ढुवानीका लागी लिइने पोलीसी दरमा लगभग समान भएकाले यसमा परिवर्तन गर्न अनुरोध गरेका थिए ।

    त्यसैगरी कच्चा पदार्थ र मिल मेशिनेरीलाई जोखिम प्रकृतिका आधारमा फरक फरक वर्गिकरण गरि सोही अनुरुप प्रिमियम लिने व्यवस्था गर्न र कृषिमा आधारित सबै क्लेमको भुक्तानीको सरल व्यवस्था गर्न प्राधिकरणको पहलका लागि अनुरोध गरिएको थियो ।

    बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रिमियम शुल्क संशोधन गर्दा वस्तुको प्रकृतिका आधारमा गरिने भएकाले सबै प्रकारका प्रिमियम शुल्कमा नभई केहीमा वढी भएको बताए ।

    त्यसैगरी बीमाको कभरेजमा ग्याप नहोस् भन्ने उद्देश्यले कतिपय पोलिसीलाई एकीकृत गर्नुपरेको, डोमेस्टिक ट्रान्जिटको हकमा भोलुम कम हुनुका साथै प्रोपर्टी र ब्रेकडाउन पोलिसीलाई एकैपटक लिनुपर्दा उपभोक्तालाई प्रिमियम शुल्क वढी पर्न गएको बताउँदै बीमा प्रति उपभोक्ताले विश्वास गर्नुपर्ने धारणा राखे ।

    नेपाल बीमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानी प्रिमियम दर संशोधन गर्दै आएको स्पष्ट पारे । उनले बीमा कम्पनीहरुले उपभोक्ताको अधिकार हनन नहुने गरी सरल र सहज वातावरणमा क्ेलम सेटलमेन्ट गर्नुपर्ने बताए ।

    छलफलमा उद्योगी व्यवसायीले नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई बीमा कम्पनीहरुको सेवा, शर्तलाई नियमन गरी क्लेम सेटलमेन्टका सन्दर्भमा सक्रियता अपाउन अनुरोध गरेका थिए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, विराट व्यापार संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधि, संगठनका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु, नेपाल बीमा प्राधिकरणका र विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend