२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 9.5K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा


    काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    उक्त प्रस्ताव पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।

    हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ । जसको ६.४० प्रतिशतले कूल २६ करोड ६९ लाख रुपैयाँ नगद लाभांश सेयरधनीलाई वितरण गर्ने कम्पनीले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend