२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आईएमई बैंकको अगुवाइमा भिजा स्क्यान टु पे भुक्तानी प्रणाली सुरू


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 7.6K
    SHARES

  • images
    ग्लोबल आईएमई बैंकको अगुवाइमा भिजा स्क्यान टु पे भुक्तानी प्रणाली सुरू

    काठमाडौं । ग्लोबल आईएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणाली सुरू गरिएको छ ।

    सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्यूआर स्क्यान गरी प्रथम कारोबार सहित उक्त सेवाको संयुक्तरुपमा सुरू गरेका हुन् ।

    उक्त प्रविधिमार्फत ग्लोबल आईएमई बैंकका भिजा कार्ड बाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग विना नै ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् ।

    भिजा स्क्यान टु पे एउटा कार्डदेखि व्यापारी भुक्तानी सेवा हो । यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ ।

    शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

    ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आईएमई बैंक नयाँ-नयाँ प्रविधिको विकास र विस्तारमा सधै अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।

    नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाहरुबिच ठूलो सहकार्यको आवश्यकता रहेको बताए ।

    स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताए ।

    भिजाका नेपाल, बंगलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँनयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको बताए ।

    ग्लोबल आईएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँ-नयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुसरण गर्न ठूलो समस्या रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकासमा सहयोग गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।

    कार्यक्रममा ग्लोबल आईएमई बैंकका ट्रान्ज्याक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेलले नयाँ प्रविधिको प्रयोग तथा यसका फाइदाबारे जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend