२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनसेलको सेयर खरिदबिक्री प्रकरणमा सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 7.3K
    SHARES

  • images
    एनसेलको सेयर खरिदबिक्री प्रकरणमा सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री दाहाल


    काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री स्वभाविक नभएकोले सरकार यो प्रकरणमा गम्भीर रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको जानकारी सञ्चारमाध्यमहरुमा चर्चामा आएसँगै त्यसलाई लिएर आफू गम्भीर रहेको बताए ।

    दाहालले भने, ‘मैले दुबईमा नै यो बारे सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुप¥यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो । सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु ।’ उनले थपे ‘योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए । यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ । हामीले कसैलाई ओभरल्याप गर्ने उद्देश्यले विल्कुल गरेको होइन । दूरसञ्चार प्राधिकरणको प्रतिनिधिहरु समेत बसेर यसरी जानु नै उचित हुन्छ भन्ने सोचे सम्झेको निष्कर्षमा पुगेपछि समिति बनाइएको हो ।’

    संसदीय समितिले प्रधानमन्त्री दाहालसँग आज एनसेल प्रकरणबारे छलफल गरेको छ । सो छलफलमा उपस्थित दाहालले एनसेलको सेयर खरिद बिक्री प्रकरण स्वभाविक नभएको स्वीकार गरेका छन् । उनले भने, ‘ यस प्रकरणमा कतै कसैबाट कानून विपरितका कामकारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको हो । यो सहज र स्वभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नुपनरेको हो । यसमा कहीँन कहीँ गलत छ भन्ने लागेकै हुनाले छानविन समिति बनाइएको हो ।’

    छानबिन गर्न गठित टंकमणि शर्मा दंगालले संयोजक रहेको समितिले आइतबादेखि काम सुरु गरिसकेको पनि दाहालले जानकारी दिए । प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा दोषी पाइएकालाई कानूनी कारबाही गर्न आफू पछि नहट्ने समितिलाई बताए । ‘यसमा कानून विपरिक कहीँ कतैबाट कामकारबाही भए गरेको पाइएमा कानून बमोजिम हदै सम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको सम्मानित समितिमा जानकारी गराउँछु ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend