२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 8.3K
    SHARES

  • images
    नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


    काठमाडौं । नबिल बैंकको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। बैंकले मंसिर २९ गते देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । त्यसमध्येमा १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

    बाँकी १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। नबिलले ७ वर्ष अवधिको ‘९५ नबिल डिबेन्चर २०८७’ जारी गरेको हो । यसमा वार्षिक ९प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ।

    यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ। न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend